चीन पुगे प्रधानमन्त्री प्रचण्ड

तु खबर संवाददाता
२०८० आश्विन ६, शनिबार ०९:४७
file-photo

चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार चीन पुगेका छन् । उनी शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका हुन् ।

प्रचण्ड संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन ।

प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरू हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ ८ बजे एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यसूची रहेको छ । त्यसअघि आजै दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट हुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण एकसाताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।