मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६५ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४६५ पुगेको छ ।
जिल्लामा बिहीबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका १–१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३१९ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ४१ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ११ जना, बकैया गाउँपालिकाका १५ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।
