मकवानपुरमा वृद्धाको शव फेला
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर ३ ठुलोटारमा एक वृद्धाको शव फेला परेको छ ।
उक्त शव स्थानीय ९१ वर्षीया पुतली माया घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, पुतली माया गत भदौ ३० गतेबाट बेपत्ता भएको भनि परिवारका सदस्यले प्रहरीलाई खबर गरेको थियो ।
बेपत्ता उनको खोजीकार्य गर्ने क्रममा बुधबार अपराह्न ४ः१५ बजेको समयमा घर भन्दा केही पर भिरबाट अन्दाजी १५०÷२०० मिटर तल खोचमा मृत अवस्थामा फेला परेको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
