मंगलबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको जनाएको छ । महासंघका अनुसार, आज मंगलबार हिजो (सोमबार) कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।
महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँ थियो ।
