पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार, अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यतर्फ हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
उक्त सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
