स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–६, चौघडाले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सहकारीले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । जसमा ३ महिला र ८ पुरुष रहेका छन् ।
कार्यक्रममा वडा सदस्य विजय पौडेल, सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारी लगायतको सहभागिता थियो ।
