कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको जनाएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।
भाउ घटेसँगै आज छापावाल सुन प्रतितोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदी प्रतितिोला २० रुपैयाँले घटेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ६५ रुपैयाँ थियो ।
