राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० भाद्र १८, सोमबार १५:३४
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतलनीवासमा भेटवार्ता भएको हो ।

सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।