पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको छ । उनीहरुलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।
जिल्लाको तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।
गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।