विषालु च्याउ खाँदा छोरा–छोरीको मृत्यु, आमा विरामी

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १०:२३
file photo

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् ।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेका थिए । बिरामी उनीलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो । डडेल्धुरा पुर्याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहीबार राती नै बाटोमा मृत्यु भएको हो ।

आमा पुनी कठायतको भने उपचार जारी छ ।