विपद्को विभिन्न घटनामा परेर ७३ जनाको मृत्यु
काठमाडौं । देशभर विभिन्न विपद्को घटनामा परेर जेठ ३१ देखि भदौ ८ गतेसम्ममा ७३ जनाको मृत्यु भएको छ ।
सो अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार, मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
मनसुन अवधिमा मुलुकका १३५ ठाउँमा बाढी, ४२९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए ।
उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।
भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भएका छन् ।
