मकवानपुरमा थप २६ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप २६ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १९, मकवानपुरगढी गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका ६ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ३१८ पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २१५ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, बागमती गाउँपालिकाका १६ जना, मनहरी गाउँपालिकाका २१ जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका ६ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, सोही अवधिमा हेटौंडा अस्पतालमा ४० जना र अन्य जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।
