अरिंगाल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको ज्यान गयो
गोरखा । अरिंगाल पोल्न गएका गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ ।
मंगलबार राति ९ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा रुखबाट लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।
प्रहरीका अनुसार, रुखबाट लडेर गम्भीर घाइते भएका ३६ वर्षीय माझीको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मंगलबार राति नै ज्यान गएको हो ।
माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
