मकवानपुरमा सडेको अवस्थामा पुरुषको शव फेला

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार ०७:५१
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा मंगलबार सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ करौजेस्थित बागमती नदी किरानामा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३६ वर्षीय पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त शव नदीले बगाइ ल्याएको जस्तो देखिने मकवानपुरका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।