कञ्चनपुरमा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगू संक्रमणका कारण गएरति मृत्यु भएको हो ।
बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार, खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एक साताअघि भारतबाट घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेको थियो ।
भारतबाटै डेंगूको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।