बुधबार २९ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएको छ ।
यस्तै आज नेप्सेमा सूचिकृत ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार हुँदा १ अर्ब ५१ करोडको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से १७.६९ अंकले बढ्दा २०१५.९८ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
१३ वटै उपसूचकमा हरियाली आउँदा तीन उपसूचमा उछाल आएको छ । आज तीन उपसूचक हाइड्रोपावर २.७४, जीवन बीमा २.५१ र निर्जीवन बीमा २.१६ प्रतिशतले बढेको छ ।
