धादिङमा बस दूर्घटनाः ८ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्यस्तै दूर्घटनामा घाइते भएकामध्ये ८ जनाको उद्धार गरिएको छ । अन्यको खोजी कार्य जारी रहेको छ ।
अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
बस सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हो ।