स्कुल बसको ठक्करबाट बालकको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार ०८:४७

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा मंगलबार स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालक खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका १२ वर्षीय छोरा सन्देश परियारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले दिउँसो ४ः४० बजेतिर उनलाई मृत घोषित गरेको हो ।

स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।