बागमती मन्त्रिपरिषद् बैठक : प्रदेश सभा बैठक बोलाउने निर्णय

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १८:५२
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद् पश्चात् पत्रकारहरुलाई जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले आगामी भदौ १७ गतेका लागि प्रदेश सभाको बैठक बोलाउने गरी निर्णय भएको जानकारी दिए ।

प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेपाल मदजुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका गरी ११० जना सांसदहरु रहेका छन् ।