कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १६:४९
file-photo

काठमाडौं । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, प्रकाश वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटक–पटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।

विभिन्न व्यक्तिलाई ठगी फरी सम्पर्कबिहीन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ मिनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ ।