प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीको अवसर सार्वजनिक बिदा

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार १७:४३

सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

मन्त्रालयले कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाइएको छ ।