जंगली च्याउ खाएर आमा–छोरीको ज्यान गयो
दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा–छोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनुवार रहेका छन् ।
च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोहीमा उपचारका क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै, उनकी छोरी अस्मिताको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
गत साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका थिए । मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जनाइएको छ ।
