ओल्के पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले ओल्के पर्वको अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने प्रचलन छ ।
ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
