अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार ०८:४२

काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्यापटपको स्वीच थिचेर अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० बैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।