सुन तस्करी प्रकरण : थप ४ जना चिनियाँ नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ३१, बुधबार १७:५६
file-photo

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा बुधबार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई रहेका छन् । उनीहरुलाई काडमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।