मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० श्रावण ३१, बुधबार १६:५५
file-photo

मकवानपुर । मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ११ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडाका १० र भीमफेदी गाउँपालिकाका एक जनालाई डेंगू संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या १५६ जना पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।

जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १०८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा २ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।