मकवानपुरमा ढुङ्गाले थिचेर महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको धियालमा ढुङ्गाले थिचेर एक महिलाको मृत्यु भएको छ । मत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर १ बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लो रहेका छन् ।
धियाल डाडाको जंगलमा गाईभैंसी चराउन गएको अवस्थामा ढुङ्गा माथि बसिरहेको बेला अचानक ढुङ्गा पल्टि सोहि ढुङ्गाले किचि उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानियले देखेपछी मृतक लोलाई घरमा ल्याएका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
