पहिरोमा बेपत्ता पासाङ मृत अवस्थामा फेला
दोलखा । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा बेपत्ता भएका दोलखाको विगु गाउँपालिका–७ राखामका पासाङ शेर्पा मृत अवस्थामा फेला परेका छन् ।
आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका १२ वर्षीय पासाङ आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त पहिरोमा परेर मृतक पासाङका बुबा ३५ वर्षीय निमदोर्जे शेर्पा अझै बेपत्ता रहेका छन् । उनको खोजीकार्य भइरहेको छ ।
