पहिरोका कारण अवरुद्ध कुलेखानी–सिस्नेरी सडकखण्ड खुल्यो

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार ०९:५८
file-photo

मकवानपुर । शनिबारदेखि परेको अविरल बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको कुलेखानी–सिस्नेरी सडकखण्ड खुलेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा अवरुद्ध बनेको उक्त सडकखण्ड आज बिहानदेखि खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारी साधनहरु रोकिएको थियो ।

उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।