मकवानपुरमा ११५ जनामा डेंगू संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०८० श्रावण २८, आईतवार १६:१८
file-photo

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ११५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ७० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।