त्रिभुवन राजपथमा यातायात सुचारु
मकवानपुर । अविरल वर्षापछि गएको पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ ।
त्रिभुवन राजपथको भीमफेदी ९ लामिडाँडा खण्डमा आज विहानै गएको पहिरोका कारण हेटौंडा काडमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएकोमा भर्खरै पहिरो पन्छाएर यातायात सुचारु गरिएको हो ।
भैंसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोलीले पहिरो पन्छाएको हो ।
हाल हेटौंडा, पालुङ र काठमाडौँतर्फको सबै प्रकारको यातायात सेवा सुचारु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दूर्गा खनालले बताए ।
