सातामा २३ अंकले घटेर २०६६ को विन्दुमा झर्यो नेप्से
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अंकले घटेर २ हजार ६६.०५ अंकको विन्दुमा झरेको छ ।
लगातार तीन दिन ६९ अंकले घटेको नेप्से परिसूचक अन्तिम दुई दिन ४६ अंकले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो साता ३९ अंघले घटेको बजारमा ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।



