धितोपत्र बोर्डद्वारा थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार १५:३५
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ ।

साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पुर्याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा ब्रोकर कम्पनी र एउटा ललितपुरमा कार्यालय रहने कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिइएको धितोपत्र बोर्डले जनाएको छ ।

योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ ।