डेंगू संक्रमणका कारण हेटौंडाका एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १८:३४
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडाका एक जनाको डेंगू संक्रमणबाट  मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, पदमपोखरी बस्ने राजेश प्रधान रहेका छन् ।

प्रधानको बिहीबार मृत्यु भएको हो । प्रधानलाई ३ दिन अघि हेटौंडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेंगू संक्रमण पुष्टि भएको थियो ।

सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार, डंगू संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएको र बुधबार थप उपचारका लागि भरतपुर गएका थिए ।

उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक प्रधानलाई दोस्रो पटक डेंगू संक्रमण पुष्टि भएको थियो ।