पोखरीमा डुबेर दुई बालकको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार १६:३९
file photo

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय रामअवतार यादवका छोरा ७ वर्षीय साजन यादव र ५ वर्षीय राजन यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका मंगलबार बेलुकादेखि बेपत्तँ भएका दाजुभाइको खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको हो ।

उनीहरुको शव तौलिहवा जिल्ला अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।