त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।
मंगलबार शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको लागि निवेदन मागेको हो ।
जारी सूचना अनुसार, उक्त पदका लागि यही साउन २६ गते दिउसो ३ः०० बजेभित्र आफ्नो बायोडाटासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार वा इमेल ठेगाना [email protected] मा निवेदन पेस गर्नुपर्नेछ ।
