जनजाति दिवसको अवसरमा सार्वजनिक विदा
विराटनगर । कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
संसारभरी अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक विदा दिइएको हो ।
प्रदेश नामकरणको विषयलाई लिएर लामो समयदेखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशितगर्दै संघीय सरकार मातहतका निकायमा पनि विदा लागू हुने जानकारी गराएको छ ।
