‘तीन दलले देशलाई बन्धक बनाउन मिल्छ ?’
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा तीन दल मिलेर देशलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले निर्वाचन प्रणालीमा समावेशी, समानुपातिक तथा अन्य नाम दिएर संविधान बनाइएको भएतापनि तीन दल मिलेर पुरै देश र संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए ।
लिङ्देनले भने, ‘ यो तीन दलले देशलाई बन्धक बनाउन मिल्छ ? तपाईहरु रातारात सल्लाह गर्ने, ३ दल मिलेपछि लुरुलुरु हामी पछि लाग्नुपर्ने ? म सभामुख महोदयको ध्यानाकर्षण गर्न चाहन्छु, यो गैरसंवैधानिक शक्ति केन्द्र संसदभित्र कसरी निर्माण भइरहेको छ ? नियमावलीको कुन धारा, उपधाराले, संविधानको कुन धारा उपधाराले यस्तो प्रकारको संरचनाको परिकल्पना गर्छ ?’
उनले सरकार र सम्बन्धित दलहरूको ध्यानाकर्षण गराउँदै अहिले कसैले कसैलाई निषेध गरेर जाने संसदीय संरचना नरहेको प्रष्ट पारे ।
