बाढीले नेपाल–भारत सीमा स्तम्भ बगायो

धनगढी । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल–भारत सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार, नेपाल तर्फका ७४८–३ नम्बरको सीमा स्तम्भ बगाएको हो ।