नारायणगढ– मुग्लिन सडक अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १०:०५
file-photo

काठमाडौं । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने प्रयास भइरहेको छ । पहिरोको कारण उक्त राजमार्ग भएर गुड्ने सवारी साधन रोकिएको छ ।