आइतबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार १५:४७

काठमाडौं । आइतबार सुनको भाउ बढेको र चाँदीको भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ छ भने तेजावी सुनको भाउ एक लाख ११ हजा ९५० रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ । गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा कारोकार भएको थियो ।