तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
काठमाडौँ । तारकेश्वर नगरपालिका ५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको सामरी स्थायी घर भई सो घरमा डेरामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनको १५ वर्षीया छोरी आश्मा तामाङ रहेका छन् ।
शनिबार राति ९ः०५ बजे तामाङको घर पहिरोमा पुरिएको थियो । गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन् । उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मृतक बाबु–छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
