मकवानपुरमा पूर्व सशस्त्र प्रहरी संघ गठन, अध्यक्षमा पराजुली

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार ०८:११

मकवानपुर । नेपाल पूर्व सशस्त्र प्रहरी संघ मकवानपुर जिल्ला समिति गठन गरिएको छ । पूर्व सशस्त्र प्रहरीको जिल्ला भेलाबाट पुर्व सशस्त्र प्रहरी उपरीक्षक शुशिल पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समिति उपाध्यक्षमा पुर्व सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश चन्द्र बुढाथोकी, सचिवमा पुर्व सशस्त्र प्रहरी नायव निरीक्षक रामहरी थापा, कोषाध्यक्षमा खिलप्रसाद अधिकारी, सह—कोषाध्यक्षमा बलराम हुँमागाई चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः सोमप्रसाद न्यौपाने, नरहरी सुवेदी, सुकबहादुर थापा मगर, सुभाष खड्का, दिपेन्द्र न्यौपाने, हिरालाल राई र यादवलाल देउला चयन भएका छन् ।

यस्तै, भेलाले सशस्त्र प्रहरी नायब उपरीक्षक दिलिस गोविन्द जोशीलाई समिति संरक्षकमा चयन गरेको छ ।