सीटीईभीटीको डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परीक्षा भदौमा
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले यही साउनमा हुने भनिएको डिप्लोमा तथा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।
सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि–डिप्लोमा तहको भर्नाको लागि यहि २०, २४ र २६ गते संचालन हुने प्रवेश परीक्षा स्थगित गरी आगामी भदौमा संचालन गर्ने जानकारी गराएको हो ।
सीटीईभीटीले डिप्लोमा÷प्रमाणपत्र तहको छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान, पूर्ण शुल्कीय तर्फको भदौ ६ गते र प्रि–डिप्लोमा तहको छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते संचालन हुने जनाएको छ ।
सीटीईभीटीले प्रवेश परीक्षाको आवेदन खुलाएपछि चिकित्सा शिक्षा आयोगले सामान्य चिकित्सा (एचए), नर्सिङ, फार्मेसी, ल्याबलगायत विषयमा सिट निर्धारण नभएको भन्दै विद्यार्थीलाई भर्ना नहुन आग्रह गरिसकेको छ ।
