राष्ट्रिय युवा संघ नेपालद्वारा हेटौंडामा बृक्षारोपण

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १५:५३

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीले मंगलबार हेटौंडामा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

युवा संघले “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” एक युवा पाँच बिरुवा भन्ने अभियान अनुसार, बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित दिब्य बाल उद्यानमा ३ सय वटा विभिन्न जातका विरुवा रोपिएको हो । कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सिता सुवेदीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठ, युवा संघका केन्द्रीय सचिव जय गुरुङ, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका प्रमुख सन्तोष चौलागार्इँ, युवा संघका नगर उत्प्रेरक निरज पौडेल, एमाले मकवानपुरका सचिव नविन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत एमाले मकवानपुरका नेताहरुको आतिथ्यता ररहेको थियो ।