संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको थियो ।
