हेटौंडा उपमहानगरका सवारी चालक मृत अवस्थामा फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सवारी चालक सञ्जु लोप्चन तामाङ आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
५० वर्षीय तामाङ इलामको सूर्योदय नगरपालिका–४, अन्तुभञ्ज्याङको मुनलाईट होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तामाङ हेटौंडा उपमहानगरको कर्मचारीको एक टोलीसँग इलाम पुगेका थिए । गएराति ११ बजेतिर खाईपिई गरी साथीहरूसँगै सुतेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् ।
मृतकका आफन्त घटनास्थलमतर्फ जाँदै गरेको जनाइएको छ । हाल तामाङको मृत्युको कारण नखुलेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
