सोमबार सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार १२:१४

काठमाडौं । आज साता कारोबारको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय र चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुनको भाउ बढेसँगै नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शनिबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।