पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण १३, शनिबार ०९:३८
file-photo

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुनः अवरुद्ध बनेको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ ।

गएराति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय संचालन पनि पुनः अवरुद्ध भएको हो ।