साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १२, शुक्रबार ०८:५५
सांकेतिक तस्वीर

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार रुसी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ ।

उक्त जहाजमा १२ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको बताइएको छ । तर, आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।

सो हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको जनाइएको छ । एजेन्सी